थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो

दुईको मृत्यु

  सरलपाटी सम्वाददाता

 256 पटक हेरिएको

काठमाडौं । नेपालमा थप नौ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला,काठमाडौँमा गरिएको पीसीआर परीक्षणमा रौतहट, इशनाथ न.पा. २, ३, ६ र ९ निवासी २१, २१, २३, २५, २९, ३० बर्षीय पुरुषहरुस रौतहट माधबनारायण न.पा.३ निवासी २८ बर्षीय महिला र बारा, करैयामाई ५ निवासी ३८ बर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको हो ।

प्राप्त विवरण अनुसार हालसम्म उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ३०४ पुगेको छ । दुई जनाको भने मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार