थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि, नेपालमा सङ्क्रमित हुनेको संख्या २९१ पुग्यो

हालसम्म स्वस्थ्य अवस्था सामान्य

  सरलपाटी सम्वाददाता

 277 पटक हेरिएको

काठमाडौं । थप १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २९१ पुगेको छ ।

आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा थप १० जनामा सङ्क्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २९१ पुगेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्य मन्त्रालयका अनुसार सङ्क्रमित हुनेहरुमा रौतहत राजपुर नगरपालिका फरहदवा– निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ बर्षीय पुरुष र रौतहट इशनाथ न.पा.३,५ निवासी २८, ३०, ३३ बर्षीय पुरुषहरु रहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार उनीहरुको हालसम्म स्वस्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार