काठमाण्डौ । नेपालमा थप ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
बर्दिया नार्खु ११ का २८ वषकी महिला, सिराहा सखुवा १९ का ३० वर्षका पुरुष, विरगन्जका नगरपालिका १२ का २८ र २९ वर्षका पुरुष, सर्लाही रामनगर ४ का १८ वर्षकी युवती र चितवन गढौली १ का २५ वर्षकी युवतीमा आज कोरोन भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उनीहरु सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीकै निगरानीमा रहेका पनि मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २७३ पुगेको छ ।