पर्सा । पर्सामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका ३९ जनामध्ये दुई जना पत्रकार रहेको पाइएको छ ।
आज कोरोना सङ्क्रमण देखिएका ३९ जनामध्ये दुई जना पत्रकार रहेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कार्कीले जानकारी दिए। उनका अनुसार यो सङ्ख्या अझै बढ्न सक्नेछ ।
नेपालमा अहिलेसम्म एक सय ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म १८ जिल्लामा सङ्क्रमण देखिएकोमा सबै भन्दा धेरै पर्सामा ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ । पर्सामा कोरोना सङ्क्रमितमध्ये तीन जना निको भएका छन् ।
उदयपुरमा ३२ जनामा सङ्क्रमण पुष्टि भएकोमा १४ जना उपचारपछि निको भएका छन् । त्यस्तै कपिलवस्तुमा २९ जना र बाँकेमा २४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
रुपन्देहीमा १६ जनामा सङ्क्रमण पुष्टि भएको छ, काठमाण्डौमा अहिलेसम्म पाँच जनामा सङ्क्रमण पुष्टि भएकोमा पाँचै जना उपचारपछि निको भएका छन् । कैलालीमा पनि सङ्क्रमण देखिएका चारै जना उपचारपछि निको भएका छन् ।
बारामा अहिलेसम्म तीन जनामा सङ्क्रमण देखिएको छ । रौतहटमा तीन जनामा सङ्क्रमण देखिएकोमा एक जना उपचारपछि निको भएका छन् । बागलुङमा दुई जनामा सङ्क्रमण देखिएकोमा दुई जना नै निको भएका छन् ।
चितवन र झापामा दुईरदुई जनामा सङ्क्रमण देखिएकोमा एकरएक जना उपचारपछि निको भएका छन् । बर्दियामा एक जनामा सङ्क्रमण देखिएको छ ।
भोजपुर र कञ्चनपुरमा सङ्क्रमण देखिएका एकरएक जना उपचारपछि निको भएका छन् । सप्तरी र सर्लाहीमा एकरएक जनामा सङ्क्रमण देखिएको छ ।