सप्तरी । सप्तरीमा १८ वर्षीय युवकमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
आज वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीको डाक्नेश्वारी नगरपालिका ३ का १८ वर्षीय युवकमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले जानकारी दिए ।
उनका अनुसार, क्वरेण्टीनमा रहेका युवामा कोरोना पुष्टि भएपछि उनलाई प्रादेशिक अस्पताल वीरगञ्ज लैजाने तयारी गरिएको छ ।
योसँगै नेपालमा एक सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरु पनि क्वरेण्टीनमै रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म कोरोना सङ्क्रमण भएका ३३ जना निको भएर घर फर्किएका छन् । बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सङ्क्रमित आज थपिएका ११ जनासहित ८९ जना पुरुष र ३२ जना महिला छन् ।