नेपालमा सङ्क्रमितको संख्या १ सय १० पुग्यो

थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि

  सरलपाटी सम्वाददाता

 241 पटक हेरिएको

उदयपुर । उदयपुरमा थप एक जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ सय १० पुगेको छ ।

विराटनगरको कोशी अस्पतालका अनुसार १ जना महिलामा कोभिड–१९ पोजेटिभ देखिएको हो । यस अघि शुक्रबार बिहान उदयपुरकै तीन जना महिलामा कोरोना पुष्टि भएको थियो ।

एक जना थपिएसँगै एकै दिन उदयपुरका चार जनामा कोरोना देखिएको हो । शुक्रबार नै कपिलवस्तुका तीन र पर्साका एक जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार