जेठ ५ सम्म लम्बियो लकडाउन

लकडाउन थप ११ दिन

  सरलपाटी सम्वाददाता

 266 पटक हेरिएको

काठमाण्डौ । सरकारले लकडाउन ११ दिन थपेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्बाउने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण रोकथामको लागि लकडाउन नै उपयुक्त विधि भएको निष्कर्ष निकाल्दै बैठकले लकडाउनको अवधि थप्ने निर्णय गरेको हो । यसअघि थपिएको लकडाउनको अवधि बिहीबार सकिंदै थियो ।

हिजो कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्बाउन सरकारलाई सिफारिस गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार