नेपालगञ्जमा थप ६ जनामा देखियाे काेराेना संक्रमण

नेपालमा संक्रमितकाे संख्या ७५ पुग्याे

  सरलपाटी संवाददाता

 523 पटक हेरिएको

इलाम। बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज मात्रै बाँकेमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जनाएका छन् । नेपालगञ्जमा एकै दिनमा १५ जनामा संक्रमण भएकाे पाइएकाे छ ।

बाँकेमा दुई दर्जन व्यक्तिको पिसिआर रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ । भोलिसम्म रिपोर्ट आउने स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् ।

बाँकेको नेपालगञ्जमा यसअघि आज मात्रै ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । देशैभर अब संक्रमितको संख्या ७५ पुगेको छ । आज पर्सामा १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । नेपालमा अहिलेसम्म १६ जना निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार