थप दुईजनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५९ पुग्यो

संक्रमित दुई रुपन्देही र बाँकेका हुन्

  सरलपाटी सम्वाददाता

 234 पटक हेरिएको

काठमाडौं । कोरोना भाइरसबाट आज थप दुइ जना संक्रमित भएका छन् । संक्रमित रुपन्देही र बाँकेमा भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा रहेको मन्त्रालयले जनाएको छ ।दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

यससँगै कुल संक्रमितको संख्या ५९ पुगेको छ भने १६ जना निको भएर घर फर्कि सकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार