आगामी जेठ २ गतेसम्म सबै उडान स्थगित

अझै उड्न नपाइने

  सरलपाटी सम्वाददाता

 317 पटक हेरिएको

काठमाण्डौँ । सरकारले अन्तरराष्ट्रिय र आन्तरिक हवाइ उडान आगामी जेठ २ अर्थात मे १५ सम्म स्थगित गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सिंहदरबारमा बसेको बैठकले यही वैशाख १८ गतेसम्म बन्द रहेको हवाई उडानलाई जेठ २ गतेसम्म बढाउने निर्णय गरेको बैठक पछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायण प्रसाद विडारीले जानकारी दिए।

सबैको सहयोगमा लकडाउनको अहिलेसम्मको स्थिति सफल रहेको, लकडाउनका कारण संक्रमणलाई नियन्त्रणमा लिन सकिएको र औषधि लगायत आवश्यक सामग्रीको अभाव नरहेको लगायतका विषयमा बैठकमा छलफल भएको सचिव विडारीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार