आज देशका विभिन्न ठाउँमा मेघगर्जन र हुरीबतास सहित पानी पर्ने

बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश

  सरलपाटी सम्वाददाता

 242 पटक हेरिएको

इलाम । आज शनिबार पनि देशका विभिन्न ठाउँमा मेघगर्जन र हुरीबतास सहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।

पश्चिमी र स्थानीय वायुको प्रभावसँगै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेकाले देशका विभिन्न ठाउँमा मेघगर्जन र हुरीबतास सहित पानी पर्ने मौसमविद्ले बताएका हुन् ।

यसकै प्रभावले अहिले मध्य र पूर्वका केही ठाउँमा पानी परिरहेको र पहाडी क्षेत्रको मौसम बदली भई अरु ठाउँको मौसम खुल्दै बादल लागिरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, आज देश भरी कै मौसम सामान्य बदली भई पश्चिमका केही तथा मध्य र पूर्वका थेरै ठाउँमा मेघगर्जन र हावाहुरी सहित वर्षाको सम्भावना छ ।

यस्तै आज राती पनि केहि ठाउँमा पानी पर्ने सम्भावना छ । आइतबार र सोमबार पनि देशका केही ठाउँमा मेघगर्जन, हुरीबतास र असिना पानी पर्ने महाशाखाले पुर्वानुमान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार