
काठमाण्डौ । सरकारले तेस्रो पटक थपेको लकडाउनको अवधि सोमबार सकिँदैछ ।
लकडाउन थप्ने या खुलाउनेबारे शुक्रबारको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने अनुमान थियो । तर लकडाउनको बारेमा शुक्रबारको बैठकमा खास छलफल नभएको उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिए ।
लकडाउन थप्ने कि खुला गर्ने भन्ने विषयमा शनिबार या आइतबार बस्ने अर्को बैठकले निर्णय गर्ने बताइएको छ ।
केही ठाउँमा कोरोनाको जोखिम कम देखिएकाले खुकुलो पार्ने र सङ्क्रमण देखिएका र जोखिम रहेका ठाउँमा थप कडाइ गर्ने सरकारको तयारी रहेको छ ।


237 पटक हेरिएको 






