नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुग्यो

उपचारपछि ७ जना डिस्चार्ज

  सरलपाटी सम्वाददाता

 249 पटक हेरिएको

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या नेपालमा ४५ पुगेको छ । बुधबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि पछि संक्रमितको संख्या बढेर गएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई अस्पताल ल्याउने तयारी भइरहेको बताइएको छ ।

नेपालमा उपचार पश्चात स्वास्थ्य लाभ गरि ७ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

हालसम्म देशभरी आरडीटी विधिबाट ३१ हजार ४ सय २० परीक्षण तथा पीसीआर विधिबाट ९ हजार ११ नमुना परीक्षण गरि कुल ४० हजार ४ सय वटा परीक्षण भएको मन्त्रालय जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार