फेसबुकबाट अफवाह फैल्याउने युवा प्रहरी नियन्त्रणमा

  सरलपाटी संवाददाता

 262 पटक हेरिएको


इलाम। कोरोना भाइरसको संक्रमणले आक्रान्त बनाइरहेको बेला फेसबुकमा अनाधिकृत (अफवाह फैल्याउने) स्टाटस हालेकाे आरोपमा एक युवालाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
फाकफोक थुम गाउँपालिका वडा नं. ७ का २४ वर्षीय सन्दिप योङ्गहाङ्गलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको हो । उनले शुक्रबार आठ बजेपछि इलामको विब्ल्याँटेमा एक जनामा कोरोना संक्रमण भेटियो बाँच्ने आशै मरिसक्योे भनेर स्टाटस हालेका थिए । जब कि इलाम जिल्लामै अहिलेसम्म संक्रमित भेटिएका छ्रैनन् । सो स्टाटसपछि त्रास फैलिएको थियो । उनले आफ्नो फेसबुक आइडी स्यारोन भाइजान योङ्गहाङ्गबाट सो स्टाटस पोष्ट गरेका थिए । तर, योङ्गहाङ्गले भने आफ्नो फेसबुक अर्कैले चलाएर सो पोष्ट हालेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार