राष्ट्रिय गान गाउन र ताली बजाउन प्रधानमन्त्रीले आह्वान गरे

  सरलपाटी संवाददाता

 405 पटक हेरिएको

इलाम।प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि साेमबार राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन्। उनले चिकित्सक, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा राष्ट्रिय गान गाउन आग्रह गरेका हुन्। ग्लोबल कम्प्याक्टले नयाँ वर्षको दिन विहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आह्वान गरेको थियो।

संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट,  नेपालले गरेको आग्रहमा कोट ट्विट गर्दै उनले यसमा आफ्नो पनि समर्थन रहेको बताएका छन्।

“Play the National Anthem! राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ!” ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु।” उनले भनेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार