क्वारेन्टीनबाट प्रहरीलाई छक्याएर भाग्ने युवा भेटिए

कोरोना र त्रास

  सरलपाटी सम्वाददाता

 283 पटक हेरिएको

इलाम । इलामको क्वारेन्टीनबाट प्रहरीलाई छक्याएर भागेका युवा मंगलबार भेटिएका छन् । सोमबार राती क्वारेन्टीन वार्डको झ्यालबाट भागेका २२ वर्षका सरोज अधिकारीलाई इलाम नगरपालिका–९ स्थित सिंहबाहिनी मन्दिरमा भेटिएको हो ।

सो मन्दिरको बाटो हुदैँ गोलाखर्कतर्फ जान लागेको अवस्थामा भेटिएका युवालाई पुनः क्वारेन्टीनमा लगेर राखिएको छ । अधिकारीलाई इलाम नगरपालिका–६ सिंगफ्रिङ्ग स्थित डा. मेघबहादुर पराजुली सामुदायिक अस्पतालमा स्थापना गरिएको क्वारेन्टीनमा गएको आइतबार राखिएको थियो ।

इलामको सन्दकपुर गाउँपालिका–३ सुलुबुङ्गका अधिकारी केही दिन अघि भारतको सिलिगुडीबाट नेपाल आएको जिल्ला प्रहरी कार्यलय इलामका प्रहरी उपरीक्षक हीरा बहादुर पाण्डेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार