भारतको सिलगुडीबाट आएका इलामका एक युवा क्वारेन्टीनबाटै भागे

कोरोना जोखिम

  सरलपाटी सम्वाददाता

 258 पटक हेरिएको

इलाम । केही दिन अघि भारतको सिलगुडीबाट इलाम आएर क्वारेन्टीनमा बसेका एक युवा झ्यालबाट हाम फालेर भागेका छन् । इलामको सन्दकपुर गाउँपालिका –३ सुलुबुङ्गका सरोज अधिकारी गएराती क्वारेन्टीन वार्डको झ्यालबाटै हाम फालेर भागेका हुन् ।

इलाम नगरपालिका – ६ सिंगफ्रिङ्ग स्थित डा. मेघबहादुर पराजुली सामुदायिक अस्पतालमा स्थापना गरिएको क्वारेन्टीनमा भारत र विभिन्न देशबाट आएका र शंकास्पद अवस्थाका व्यक्तिहरुलाई राख्ने गरिएको छ ।

अधिकारीलाई गएको आइतबार जिल्ला इलाम अस्पताल इलामबाट भाइरस संक्रमितको आशंकामा क्वारेन्टीनमा रेफर गरिएको थियो । भारतको सिलिगुडी क्षेत्रमा केही दिन अघि १ जना व्यक्तिको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको थियो ।

सोहि स्थानबाट निज अधिकारी नेपाल आएकाले भाइरस संक्रमणको उच्च जोखिममा रहेको बताइएको छ ।निजको स्वाब परीक्षण भइ नसकेको अवस्थामै क्वारेन्टीनबाट भागेकोले पुनः उनलाई क्वारेन्टीनमा राख्नु पर्ने क्वारेन्टीन वार्डका इन्चार्ज सि.अ.हे.व. दिपक पौडेलले बताए ।

अधिकारी भारतबाट नेपाल आएर इलाम नगरपालिका – ५ स्थित काकाको घरमा बसेको नगरपालिकाका प्रशासकिय अधिकृत रामकुमार साहले जानकारी दिए । प्रहरीबाट निजको व्यापक खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक हीरा बहादुर पाण्डेले बताए । सो क्वारेन्टीनमा १५ जना राख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार