कोरोना भाइरसबाट ७० हजार भन्दा बढीको ज्यान गयो

सबै भन्दा बढी संक्रमित अमेरिकामा

  सरलपाटी सम्वाददाता

 258 पटक हेरिएको

एजेन्सी । विश्वमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ७० हजार नाघेको छ ।

२ सय ८ देशमा फैलिएको कोरोनाबाट अहिलेसम्म ७० हजार एक सय ८२ जनाको ज्यान गएको छ । यस्तै १२ लाख ८२ हजार ३ सय ६९ जना सङ्क्रमित भएका छन् । भने अहिलेसम्म २ लाख ६९ हजार ४ सय ९४ जना उपचार पछि निको भएका छन् ।

कोरोनाका कारण सबैभन्दा धेरै इटलीमा १५ हजार ८ सय ८७ जनाको ज्यान गएको छ । यस्तै, स्पेनमा १३ हजार ५५ जनाको ज्यान गएको छ । अमेरिकामा ९ हजार ६ सय २० जनाको ज्यान गएको छ । कोरोनाको उद्गमस्थल चीनमा भने ३ हजार ३ सय ३१ जनाको ज्यान गएको छ ।

कोरोनाका कारण अमेरिकामा सबैभन्दा धेरै ३ लाख ३६ हजार ८ सय ५१ जना सङ्क्रमित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार