इलाम । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नदिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता डा.युवराज खतिवडाले सो कुराको जानकारी गराएका हुन् । प्रवक्ता खतिवडाले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहको आवागमनलाई नियन्त्रित गर्ने, कैलाली, कञ्चनपुर र बागलुङमा र्यापिड टेस्टको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
त्यसका आधारमा अरु व्यक्ति संक्रमित नहुन भन्नका निम्ती ति तिन वटा जिल्लामा संक्रमितको टेष्ट गर्ने र त्यस्ता व्यक्तिहरुलाई पुन परिक्षण गर्ने । लकडाउनलाई प्रभावकारी बनाउने । स्वास्थ्य उपकरणहरु छिटो ल्याउने निर्णय भएको उनले जानकारी दिए ।
स्वास्थ्यकर्मीको भुमिका महत्वपुर्ण हुने भएकाले उनीहरुको मनोबल बृद्धि गर्नलाई बिमाको व्यवस्था र प्रोत्साहन भक्ता दिनुका साथै आवश्यक स्वास्थ्य सुरक्षाका उपकरणहरु यथासक्य छिटो उपलब्ध गराउने निर्णय भएको छ ।
पुर्ण रुपले सुरक्षित बनाएर स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य उपचारमा लगाउने उनीहरुको सुरक्षामा खलल पुरयाउने कुनै पनि व्यक्तिलाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने बताइएको छ ।
मन्त्रिपरिषदको बैठकले लकडाउनको समयावधि बढाउनेबारे कुनै निर्णय गरेको छैन । आजसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।


235 पटक हेरिएको 






