थप तीन जनामा काेराेना संक्रमण

संक्रमितकाे संख्या ९ पुग्याे

  सरलपाटी संवाददाता

 2295 पटक हेरिएको

इलाम।भारतबाट फर्किएका दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषलाई कोरोना भाइरस देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषलाई पनि कोरोना भाइरस पुष्टि भएको छ।

यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त एक जना महिलामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित महिला चौथो संक्रमित व्यक्तिका भाउजू हुन्। संक्रमित व्यक्ति युएईबाट नेपाल आएका थिए।

सेती प्रादेशिक अस्पताल धनगढीका अनुसार तीनै जना आइसोलेसनमा छन्। उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

योसँगै नेपालमा कोरोनाको संक्रमित संख्या नौ पुगेको छ।

पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार