काठमाडौं । कोरोना संक्रमण भएको सातौँ बिरामी समेत फेला परेको भन्ने समाचार तथ्यहीन भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।नेपालमा कोभिड–१९ को थप सङ्क्रमित फेला नपरेको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले कोरोनाबाट थप सङ्क्रमित पुष्टि नभएको जानकारी दिए ।
उनले भने, “भारतबाट आएका एक व्यक्तिमा कोभिड–१९ भएको हल्ला साँचो नभएको भन्दै सत्यता बुझेर मात्रै सामाजिक सञ्जालमार्फत जानकारी गराउन पनि सबैलाई आग्रह छ । ”