भारत र चीन बाहेकका विदेशी नागरिक स्थलमार्गबाट नेपाल प्रवेश गर्न नपाउने

आउदो वैशाख १८ सम्म नेपाल प्रवेशमा रोक

  सरलपाटी सम्वाददाता

 211 पटक हेरिएको

काठमाण्डौ । शनिबार रातिदेखि भारत र चीन बाहेकका विदेशी नागरिक स्थलमार्गबाट नेपाल प्रवेश गर्न नपाउने भएका छन् ।

कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले स्थालमार्ग हुँदै नेपाल आउने तेश्रो देशका नागरिकलाई आज राति १२ बजेदेखि आउदो वैशाख १८ गतेसम्मका लागि रोक लगाएको हो ।

यस्तै नेपाल–भारतबीचको यात्रु आवागमनलाई व्यवस्थित गर्न निश्चित सीमाबाट मात्र आवागमन गर्ने व्यवस्था मिलाउने अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले बताए।

यसैगरी, विदेशी नागरिक तथा गैह्रआवासीय नेपालीलाई नेपाल आइसकेपछि दिइने अन अराइभल प्रवेशाज्ञा पनि आजै राति १२ बजेदेखि वैशाख १८ गते सम्मका लागि स्थगित गरिनेछ । यस्तै नेपाल आउन चाहने विदेशी नागरिकले आउनुभन्दा बढिमा सात दिन अघि लिइएको स्वास्थ्य प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने छ ।

यसैगरी, आजै रातिदेखि नेपाल आउने विदेशी तथा विदशेबाट आउने नेपाली सबैले अनिवार्य आफैँ १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ । यस्तै सरकारले विदेशमा रहेका नेपालीलाई अति आवश्यक काम बाहेक नेपाल नआउन आग्रह गरेको छ ।

यस बाहेक अर्को सूचना प्रकाशन नभएसम्मका लागि श्रम स्वीकृति तथा पढ्न विदेश जानेका लागि दिइने नो अब्जेक्शन लेटर स्थगित गरिएको छ । यस्तै सरकारले संक्रमणबाट जोगिन ठूलो संख्यामा मानिसहरू भेला हुने सभा समारोह, सामाजिक कार्य एंव मेला महोत्सवमा सहभागी नहुन सबैलाई अनुरोध पनि गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार