कोरोना संक्रमणः विश्वभरी ३७ हजार ८ सय १५ को मृत्यु, ७ लाख ८५ हजार ७ सय ७५ जना संक्रमित

५ हजार २ सय ३१ जनाको अवस्था गम्भीर

  सरलपाटी सम्वाददाता

 265 पटक हेरिएको

काठमाडौं । भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वभरी ३७ हजार ८ सय १५ जनाले ज्यान गुमाएका छन् भने ७ लाख ८५ हजार ७ सय ७५ जना संक्रमित भएका छन् । कोरोना भाइरस (कोभिड-१९ )को संक्रमणबाट अहिले सम्म १ लाख ६५ हजार ६ सय ७ जना निको भएका छन् ।

कोरोना संक्रमणले स्पेनमा हालसम्म ७ हजार ७ सय १६ जनाले ज्यान गुमाएका छन् । सोमबार मात्रै स्पेनमा ९ सय १३ जनाले ज्यान गुमाएका छन् । स्पेनमा अहिले ६३ हजार ४ सय ६० जना संक्रमित छन् जसमध्ये ५ हजार २ सय ३१ जनाको अवस्था गम्भीर छ भने १६ हजार ७ सय ८० जनाको उपचार गराएर घर फर्केका छन् । स्पेनमा अहिले ७ हजार ८ सय ४६ जना नयाँ संक्रमित थप भएका छन्।

त्यस्तै इटलीमा ७५ हजार ५ सय २८ जनामा कोरोना संक्रमित छन्। जसमध्ये ३ हजार ९ सय ८१ जना गम्भीर अवस्थाका छन्। सोमबार एकै दिन इटलीमा ८ सय १२ जनाले ज्यान गुमाएका छन् भने नयाँ संक्रमित ४ हजार ५० जना थपिएका छन्।कोरोना संक्रमणबाट इटलीमा अहिलेसम्म ११ हजार ५ सय ९१ जनाले ज्यान गुमाइसकेका छन्।

त्यस्तै अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार १ सय ८१ पुगेको छ। जसमा नया संक्रमितको संख्या २० हजार ३ सय ५३ रहेको छन् भने ३ हजार ५ सय १२ जना गम्भीर रहेका छन्। सोमबार अमेरिकामा ५ सय ७३ जनाले ज्यान गुमाएका छन् भने अमेरिकामा मृत्यु हुनेको संख्या ३ हजार १ सय ५६ पुगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार