
कोरोना भाइरसको प्रकोप रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सहयोग र सूचना आदान प्रदान गर्नका लागि इलाम नगरपालिकाले २४ घण्टे हेल्प डेक्स राख्ने भएको छ ।
कोरोना भाइरसको प्रकोप रोकथाम तथा नियन्त्रण सम्बन्धमा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतको अध्यक्षतामा आइतबार बसेको बैठक र इलाम नगरपालिकाअन्तर्गत गठित कार्यदलको बैठकले हेल्प डेक्स राख्ने निर्णय गरेको हो ।
नगर कार्यपालिकाको कार्यालय इलाममा ५२१५९२ नम्बर को हटलाइनमा २४ घण्टै हेल्प डेस्कको व्यवस्था मिलाउन कर्मचारी हेमराज ढकालको नेतृत्वमा २४ घण्टे सेवाका लागि नगरपालिकाका सबै कम्प्युटर अप्रेटरहरुलाई परिचालन गर्ने निर्णय गरेको छ ।
इलाम नगरपालिकाका वडा वडामा क्वारेन्टाइनका लागि विद्यालय भवन तोकिएको हुँदा पूर्व निर्धारित विद्यालय भवनमा क्वारेन्टाइनका लागि वडाध्यक्षको नेतृत्वमा वडा कार्यालयले गर्नेे र सो कार्यमा नगरपालिकाबाट आवश्यक स्रोत साधनको व्यवस्थापन गरिने जनाइएको छ ।
इलाम अस्पतालसँग समन्वय गरी क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको स्वाब परीक्षण गराउने निर्णय पनि समितिले गरेको छ । सो कार्यका लागि इलाम नगरपालिकाको जनस्वास्थ्य शाखाले अस्पतालमा समन्वय गर्ने निर्णय गरिएको छ ।
स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण पिपिई ९एएभ्० को अभाव भएको र स्थानीय बजारमा उपलब्ध हुन नसक्ने भएकालेसुरेन्द्र राई मार्पmत कोरियामा समन्वय गरी २५ थान व्यक्तिगत सुरक्षा उपकरण पिपिई मगाउने, कोरोना भाइरसको प्रकोप रोकथाम तथा नियन्त्रण कार्यमा सहयोग तथा सूचना आदान प्रदानका लागि यसैगरी कोरोना भाइरसको प्रकोप रोकथाम तथा नियन्त्रण कार्यका निर्णय समेत गरिएको छ ।
कोरोना संक्रमण फैलिएको अवस्थामा आकस्मिक रुपमा दक्ष जनशक्ति आवश्यक पर्न सक्ने भएकोले इलाम नगर क्षेत्रमा बसोबास गर्नेे मेडिकल पर्सनहरुको लगत विवरण लिई अभिलेख राखिने भएको छ ।
इलाम नगर क्षेत्रका मेडिकल स्टोरहरुमा औषधि खरिद गर्न आउने व्यक्ति तथा बिरामीहरुको लगत राख्ने व्यवस्था समेत गरिने भएको छ । औषधि व्यवसायी संघ इलाममार्पmत इलामका सबै मेडिकल स्टोरहरुमा अभिलेख राख्ने व्यवस्था मिलाउने कार्यका लागि औषधि व्यवसायी संघ इलामलाई अनुरोध निर्णय समेत समितिले गरेको छ ।
कोभिड १९ को महामारीको यस अप्ठ्यारो स्थितिमा इलाम नगरपालिका क्षेत्रका बिपन्न अवस्थाका व्यक्ति तथा मजदुरहरुलाई चामल तथा खाद्यान्न लगायतका अन्य सामग्रीहरु वितरण गरी सहयोग गर्न चाहने व्यक्ति तथा संघसंस्थाहरुले नगरपालिकाको स्वीकृति लिनु पर्ने पनि निर्णय पनि भएको नगरपालिका अधिकृत राम साहले जानकारी दिएका छन् ।


722 पटक हेरिएको 






