इलाम।नेपालमा थप एक महिलामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । बाग्लुङ्गको एक महिलामा पनि संक्रमण देखिएपछि नेपालमा संक्रमितको संख्या पाँच पुगेको छ ।
यसअघि फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी १९ वर्षीया युवतीसँगै एउटै एवरलाइन्समा आएकी उनलाई संक्रमण देखिएको हो । उनीहरु चैत ४ गते कतार एयरलायन्सको क्यूआर ६५२ मा काठमाण्डौं आएका थिए ।
नेपालमा पहिलो संक्रमित देखिएको ६१ औं दिनमा दोस्रो संक्रमित भेटिएको थियो । त्यसपछि दुई दुई दिनको अन्तरमा संक्रमित देखिदै आएकोमा शनिबार भने अर्को दिननै संक्रमित भेटिएको हो ।