
इलाम।नेपालमा बुधबार थप एक जनालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । योसँगै कोरोनाबाट संक्रमितको संख्या तीन पुगेको छ ।
टेकु स्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमूनामा पोजेटिभ देखिएको हो ।
नेपालमा ६ सय ६७ जनाको नमूना परीक्षण गरिएकोमा तीन जनामा पोजेटिभ भेटिएको हो । छ सय ८४ जनामा नेगेटिभ भेटिएको छ । शुरुमा चीनबाट आएका विद्यार्थीमा कोरोनाको संक्रमण देखिएको थियो । उनी उपचारपछि संक्रमणमुक्त भएका थिए । यसरीनै चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै आएका १९ वर्षीया युवतीमा संक्रमण देखिएको थियो ।


568 पटक हेरिएको 






