कोरोना संक्रमणः फ्रान्सबाट नेपाल आएकी एक विद्यार्थीमा कोरोना संक्रमण भएको पुष्टि

कोरोना संक्रमण

  सरलपाटी सम्वाददाता

 196 पटक हेरिएको

काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै फ्रान्सबाट आएकी एक १९ बर्षीया नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण रहेको रिर्पोटबाट पुष्टि भएको जानकारी दिए ।

मन्त्री ढकालले कोरोना भाइरसको रिर्पोट पोजेटिभ देखिए पछी उनलाई अहिले आइसोलेसनमा राखेर उपचार भइरहेको बताइएको छ । साथै उनीसँग भेट भएका अन्य व्यक्तिहरुलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

फ्रान्सबाट ती विद्यार्थी कुन विमानमार्फत, कहिले नेपाल आएकी हुन भन्ने प्रष्ट भएको छैन । पत्रकार सम्मेलनमा कोरोना भाइरस (कोभिड १९) का लागि विभिन्न रणनीति अपनाएर काम भइरहेको समेत मन्त्री ढकालले बताए ।

अन्तर्राष्ट्रिय उडान, लामो दूरीका यातायता र नाका बन्द गरेर संक्रमण फैलिन नदिन पनि आवश्यक रणनीति तय गरिएको मन्त्री ढकालले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार