खाल्डोमा गाडीएको अवस्थामा किशोरीको शव फेला

  सरलपाटी सम्वाददाता

 1280 पटक हेरिएको

इलाम, ५ चैत/इलामको सूर्योदय नगरपालिका–१३ को पोखरी स्थित किराँत टोलमा हत्या गरि खाल्डोमा गाडीएको अवस्थामा एक युवतीको शव फेला परेको छ ।

सोहि स्थानकी १७ वर्षकी किशोरी आकृति राईको शव हत्यापछि खाल्डोमा गाडीएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक रमेश राइले जानकारी दिए । स्थानीय ज्योती माविमा अध्ययनरत उनी हिजो घरबाट विद्यालय हिडेकी थिइन् ।

विद्यालय नपुगेपछि उनको खोजी थालिएको थियो । खोजतलासकै क्रममा स्थानीयले बुधबार अम्लिसो घारीमा रहेको तरुल खनेको खाल्डोमा पुरेको अवस्थामा उनको शव फेला परेका थिए । स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले खाल्डोबाट युवतीको शव निकालेर थप अनुसन्धान थालेको छ । प्रहरीले पोष्टमार्टम पछि मात्रै हत्याको बारेमा बिस्तृत जानकारी दिन सकिने बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार