इलाम । आज शनिबार सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा ३ हजार रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७८ हजार ५ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७८ हजार २ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी पनि तोलामा ४० रुपैयाँले घटेर प्रतितोला ८ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


308 पटक हेरिएको 






