इलाम । इलामको माईजोगमाई गाउँपालिकाका धनकुमार निरौलाको घरमा आगलागी हुँदा २४ लाख बराबरको क्षति भएको छ । गएराती विद्युत सर्ट भई आगलागी हुँदा सो बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।
निरौलाको दुई तले घर जलेर नष्ट भएको छ र घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन सबै जलेको बताइएको छ । प्रहरी र स्थानियको सहयोगमा एक घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरी नायव उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनु भयो ।


264 पटक हेरिएको 






