सुनको मूल्य १८ सयले वृद्धि

चाँदीको मूल्य भने यथावत

  सरलपाटी सम्वाददाता

 291 पटक हेरिएको

इलाम । नेपाली बजारमा सुनको मूल्यमा भारी मात्रामा वृद्धि भएको छ । शुक्रबार एकैदिन सुनको मूल्यमा प्रतितोला १८ सय रुपैयाँ वृद्धि भएको छ ।

बिहीबार प्रतितोला ८० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १८ सय रुपैयाँले बढेर प्रतितोला ८२ हजार ५ सय पुगेको छ । यो नेपाली बजारमा सुनको हालसम्मकै सर्वाधिक महँगो मूल्य हो ।

पछिल्ला दिनमा नेपाली बजारमा सुनको मूल्यले दिनदिनै जसो नयाँ रेकर्ड कायम गर्दै आएको छ। तेजावी सुन शुक्रबार प्रतितोला ८२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने यथावत रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार