
काठमाडौं । मिर्गौला प्रत्यारोपण गरी चिकित्सकको निगरानीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य क्रमिक सुधार हुँदै गएको छ ।त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालले शुक्रबार अपराह्न जारी गरेको विज्ञप्तीमा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत क्रमिक सुधार भइरहेको बताएको छ ।
प्रधानमन्त्री ओलीलाई आजदेखि सामान्य हिँडडुल समेत गराउन थालिएको विज्ञप्तीमा उल्लेख छ । अस्पतालका कार्यकारी निर्देशक कृष्ण खड्गाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओली ज्युको मिर्गौला प्रत्यारोपण गरिएको आज ‘शुक्रबार’ तेस्रो दिन, उनको स्वास्थ्य अवस्थामा अपेक्षाकृत क्रमिक सुधार भइरहेको छ ।

आजदेखि उनलाई हिँड्डुल गराउन थालिएको छ । यसका साथै, ठोस आहार समेत दिन थालिएको छ ।’कार्यकारी निर्देशक खड्गाद्वारा जारी विज्ञप्तीमा प्रधानमन्त्री ओलीका सबै भाइटल तथा ल्याब सूचकहरु सामान्य अवस्थामा रहेका पनि जनाइएको छ ।
यस्तै प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने भान्जी समीक्षा संग्रौलाको स्वास्थ्य स्थितिमा पनि क्रमिक सुधार हुँदै गएको अस्पतालले जनाएको छ । संग्रौलालाई पनि ठोस आहार दिन थालिएको बताइएको छ ।


307 पटक हेरिएको 






