प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार

मिर्गौलाले सामान्य काम गर्न थाल्यो

  सरलपाटी सम्वाददाता

 287 पटक हेरिएको

काठमाडौँ । त्रिभुवन विश्वविधालय शिक्षण अस्पताल महाराजगंजमा हिजो मिर्गौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएको अस्पतालले जनाएको छ ।

शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर प्रेमकृष्ण खड्गाले बिहीबार अपरान्ह विज्ञप्ति जारी गर्दै प्रत्यारोपित मिर्गौलाले पनि सामान्य रुपमा काम गर्न थालिसकेको बताइएको छ ।

प्रधानमन्त्री ओलीको प्रयोगशाला परिक्षण सूचकहरु सामान्य अवस्थामा रहेको र उनलाई आजदेखि झोल खानेकुरा तथा नरम आहार दिन थालिएको छ ।

यसैगरी प्रधानमन्त्री ओलीलाई मिर्गौला दान दिने दाता समिक्षा संग्रौलाको पनि स्वास्थ्य स्थितिा स्थिर रहेको र उनलाई समेत आजदेखि झोल खानेकुरा तथा नरम आहार दिन थालिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार