ओली’ लेखिएका प्लेकार्ड सहित शुभेच्छुक त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण

  सरलपाटी सम्वाददाता

 309 पटक हेरिएको

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण भईरहेको छ । शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको मिगौला प्रत्यारोपणको समयमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल,उद्योग तथा वाणिज्य मन्त्री लेखराज भट्ट, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, पुर्वमन्त्री एवं सांसद महेश बस्नेत, युवा नेता परशुराम बस्नेत,युवा संघका नेता किरण पौडेल, अखिलका अध्यक्ष ऐन महर, प्रधानमन्त्रीका सल्लाहकारहरु, सांसदहरु, दलका नेता कार्यकर्ता लगायत शुभचिन्तकहरूको भीड लागेको छ ।

प्रधानमन्त्री ओलीको तस्वीरसहित ‘गेट वेल सून पिएम ओली’ लेखिएका प्लेकार्ड बोकेका शुभचिन्तकहरु अस्पताल परिसरमा ठुलै संख्यामा रहेका छन्। बुधबार विहान १० बजेदेखी शुरु भएको प्रधानमन्त्री ओलीको शल्यक्रिया सामान्य ढंगले अघि बढिरहेको प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलिप शर्माले बताए । उपचार हेर्दा सोचे भन्दा धेरै राम्रो भइरहेको उनले बताए ।

शल्यक्रिया जारी रहँदा प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै त्रिवि शिक्षण अस्पताल परिसरमा मन्त्रीहरु,शुभेच्छुक, राजनीतिक दलका नेता कार्यकर्ता लगायतको उल्लेख्य उपस्थिति रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार