माईभ्याली गोल्डकपः आयोजक माईभ्यालीले ग¥यो अन्तिम चारको स्थान सुरक्षित

माइभ्याली गोल्डकपको सेमीफाइनल समिकरण पूरा

  सरलपाटी सम्वाददाता

 831 पटक हेरिएको

इलाम । इलाममा जारी छैटौ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपमा आयोजक माईभ्यालीले अन्तिम चारको स्थान सुरक्षित गरेको छ । मंगलबार इलामको ठूलो टुडिखेलमा भएको अन्तिम क्वार्टर फाइनल खेलमा पाहुना टोली भारत कोलकत्ताको मोहम्मडन स्पोर्टिङ क्लब कोलकत्तालाई २–१ गोल अन्तरले पराजीत गर्दै माइभ्यालीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

अन्तिम चारमा आयोजकसँगै मछिन्द्र क्लब, मानेभञ्ज्याङ फुटबल क्लब र भित्रुवन आर्मी क्लबले प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेका छन् । आयोजकले खेलको सुरुवातमा नै अग्रता कायम राख्न सफल भएको थियो ।

प्रतियोगिता सुरु भएको ४ मिनेटमा माईभ्यालीका जुनियर ओनगुनेले गोल गर्दै टिमलाई अग्रता दिलाए । कोलकत्ताले पहिलो हाफको अन्तिम मिनेटमा एक गोल गर्दै खेल बराबरीमा पु¥याएको थियो । खेलको ४४ औ मिनेटमा केरिमेच बेनार्डले फ्रिकिक मार्फत गोल गर्दै टिमलाई १–१ को अवस्थामा पु¥याए ।

माईभ्यालीका गोल रक्षक देव लिम्बुले पेनाल्टी भित्रै पक्रेको बल लिएर पेनाल्टी एरिया बाहिर निस्किएपछि कोलकत्ताले फ्रिकिकको अवसर पाएको थियो । सोही मौकामा कोलकत्ताका खेलाडी बेनार्डले मध्यान्तर अघि गोल गर्दै बराबरी अवस्थामा पु¥याउने मौका पाएका हुन् ।

खेलको अतिरित्त समयमा पुनः माईभ्यालीका एन्ड्रेथेरि ब्याकले १ गोल गरे । यो नै जीतका लागि आयोजक माईभ्यालीका लागि निर्णयक गोल बन्यो । खेलको अतिरित्त समयमा कोलकत्ताको मोसेस ललरिन ज्वालले सरण बस्नेतलाई फाउल गरेपछि आयोजकले फ्रिकिकको मौका पाएको थियो ।

निर्णयक गोल गर्ने खेलाडी एन्ड्रेथेरि ब्याक प्रतियोगिताको म्यान अफदि म्याच घोषित भए । उनले दश हजार रुपैयाँ नगद प्राप्त गरेका छन् ।कोलकत्ताको तुलनामा आयोजकले बढि मौका निकालेको थियो । तर, आयोजकको फिनिसिङ लाईन कमजोर देखियो । जोर्डन जुनियर नेडेम्बाले गोल रक्षकसँग वान भर्सेस वानको अवस्थामा पनि गोल गर्न सकेनन् । मनिस थापाले पेनाल्टी क्षेत्रबाट गरेको प्रहारले सहि दिसा लिएन । विशाल तामाङ्गले पनि पाएको राम्रो मौका सदुपयोग गर्न नसकेपछि जीतको लागि अतिरिक्त समयसम्म पर्खनु प¥यो ।

माइभ्याली गोल्डकपमा पहिलो पटक सहभागी कोलकत्ताका प्रशिक्षक मुरारी कारले क्लबको अर्को टिम आइलिगमा खेलिरहेकाले आफ्नो टिम कमजोर र प्रतिष्पर्धी टिम बलियो रहेकाले हार ब्यहोर्नु परेको प्रतिक्रिया दिए । माइभ्यालीका प्रशिक्षक दर्शन भक्तराजले कलेक्सन टिम भएकोले तालमेल राम्रो हुन नसकेकाले पाएको थुपै्र अवसर गुमाएको बताए ।

बुधबार हुने पहिलो सेमी फाइनल खेलमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जीलिङले सहिद स्मारक ए डिभिजन लिगको बिजेता मछिन्द्रको सामना गर्नेछ । अन्तिम सेमीफाइनल खेलमा आयोजक माइभ्यालीले त्रिभुवन आर्मीसँग फाइनल खेलको लागि प्रतिष्पर्धा गर्नेछ ।

२४ गते सम्पन्न हुने प्रतियोगीताको विजेताले आठ लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पाउने आयोजक माईभ्याली फूटबल क्लवका अध्यक्ष धिरेन चेम्जोङ्गले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार