महासंघको नयाँ समिति चयन, अध्यक्षमा पुनः श्रेष्ठ

एकै दिन दुई नयाँ समिति गठन

  सरलपाटी सम्वाददाता

 356 पटक हेरिएको

इलाम । नेपाल घरेलु तथा साना उद्योग महासंघ इलामको छैटौ जिल्ला सम्मेलनबाट अध्यक्षमा पुन ः दिनेश श्रेष्ठ सर्वसहमतिबाट दिनेश श्रेष्ठ निर्वाचित भएका छन् ।

महासंघको वरिष्ठ उपाध्यक्षमा कृष्णकुमार राई र रेशमबहादुर बराइली, महासचिवमा चन्द्रबहादुर राई, सचिवमा होमबहादुर राई, कोषाध्यक्षमा मंगेश खत्री रहेका छन् । सदस्यमा कञ्जन आचार्य,ममता खनाल लगायत ११ सदस्य समिति गठन भएको छ ।

यस्तै, शनिबारै महिला उद्यमी भेला समेत सम्पन्न भएको छ । भेलाले उमादेवी श्रेष्ठको अध्यक्षतामा नौ सदस्य समिति समेत गठन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा सर्मिला निरौला, महासचिवमा वुद्धमाया सोङमी र मनमाया तामाङ, कोषाध्यक्षमा मनकुमार राई रहेको छन् ।

समितिको सदस्यहरूमा सञ्जु राई र मञ्जु राई रहेका छन् । महासंघका अध्यक्ष दिनेश
श्रेष्ठको अध्यक्षता र महासंघका केन्द्रीय सचिव डम्बर रेग्मीको प्रमुख अतिथ्यमा
भएको कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार