
इलाम । चीनमा कोरोना भाइरसको संक्रमणबाट धमाधम मानिसहरुको मृत्यु हुन थालेपछि विश्वभर हलचल मच्चिएको छ। चीनमा कोरोना भाइरसको संक्रमण देखिएकोबारे सबैभन्दा पहिला चेतावनी दिने चिनियाँ चिकित्सक डा. लि वेन लियाङको पनि कोरोनाकै संक्रमणबाट मृत्यु भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले पुष्टी गरेको छ।
चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोग (एनएनसी)का अनुसार शुक्रबारसम्म मृत्यु हुनेको संख्या ६३६ पुगेको छ भने कोरोना भाइरसका नयाँ बिरामी आउनेक्रम घट्दै गएको छ। तर धेरैजसो मृत्युको केशहरु हुवावे प्रदेशमा रहेको छ जुन कोरोना भाइरसको इपिसेन्टर वुहानमा रहेको छ।
वुहानमा अहिलेसम्म कोरोना भाइरसकै कारण ६९ जनाले ज्यान गुमाइसकेका छन्। यस्तै चीन बाहिर पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। हङकङमा २४ जनामा यसको संक्रमण देखिएको छ भने एकजनाको मृत्यु भएको छ।
यस्तै मकाउमा १० जनामा कोरोनाको संक्रमण देखिए पनि मृत्यु भने भएको छैन। त्यसैगरी बाँकी एसियामा १ सय ७६ जनामा कोरोनाको संक्रमण देखिएको छ भने एक जनाको मृत्यु भएको छ।
यस्तै युरोपमा २९ जना, उत्तरी अमेरिकामा १७ जना,अस्ट्रेलियामा १४ जना र बाँकी विश्वमा ७ जना गरी कुल ३१ हजार ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण भएको देखिएको छ। यस्तै कोरोना भाइरसको संक्रमणबाट १ हजार ३ सय ४१ जना सफल उपचार गराएर घर फर्किसकेका छन्।


433 पटक हेरिएको 






