इलाम । इलाममा हुने पाँच दिने राष्ट्रिय नाटक महोत्सवको सबै तयारी पूरा भएको छ । इलाम सदरमुकाममा पत्रकार सम्मेलन गर्दै मुल आयोजक समितिले तयारी पुरा भएको जानकारी गराएको हो । नाटक महोत्सव, सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरको आयोजना तथा इलाम नगरपालिका अन्तर्गतको सहित्य, कला, संगीत प्रतिष्ठान र चेतना नाट्य समूहको सहआयोजनामा हुने भएको हो ।
माघ २६ देखि फागुन १ सम्म (पाँच दिन) इलामको इलाम नगरपालिका नाटकमय हुनेछ । उद्घाटनको पहिलो दिन भोली दिउसो ९ वजे टुँडिखेलबाट विभिन्न जातका जातिय झाकीँ सहितको ¥यालीसँगै गौतमबुद्ध सभागृहमा आएर ११ वजे महोत्सवको उद्घघाटन हुनेछ ।
उद्घाटनमा नेवार, सुनुवार, गुरुङ्ग, राई र लिम्बुका झाँकी सहित ¥याली गरिनेछ । त्यसपछि प्रदेश नम्बर १ का मूख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने इलाम नगरपालिका अन्तर्गतको सहित्य, कला, संगीत प्रतिष्ठान सचिव दिवाकर भण्डारीले जानकारी दिए । उनका अनुसार, उद्घाटनको पहिलो दिन प्रदेश नम्बर १ आयोजकको तर्फबाट थान शीर्षकको नाटक मञ्चन हुनेछ । सचिव भण्डारीले भने, ‘सातै प्रदेशका एक–एक मौलिक नाटक मञ्चन गरिने महोत्सवमा प्रत्येक दिन नाटककै बारेमा कार्यशाला समेत हुनेछ ।’
प्रत्येक प्रदेशबाट प्रतिनिधित्व रहने गरी महोत्सवमा मञ्चन गरिने नाटक संस्थानले छनौट गरेको बताइएको छ । जसमा आयोजक संस्थाले थप अर्काे नाटक पनि मञ्चन गर्ने भएकाले महोत्सवमा आठ नाटक मञ्चन हुनेछन् । जसमा प्रदेश १ बाट ‘सुम्निमा–पारुहाङ’, २ बाट ‘कनन हरलता’, बागमतीबाट ‘राजकुमार मल्ल युद्ध’, गण्डकीबाट ‘नमबुद्ध’, ५ बाट ‘कुजरी’ कर्णालीबाट ‘छैंठी’ र प्रदेश ७ बाट ‘लेली सञ्जा’ नाटक मञ्चन गरिनेछ ।
‘पर्यटन वर्ष २०२० को प्रवद्र्धनका लागि आयोजना गरिएको नाटक महोत्सवमा प्रत्येक प्रदेशबाट आफ्नो नाटक मञ्चनका लागि कलाकार आउनेछन्’ नाटक सम्बन्धि कार्यशालामा वीरेन्द्र हमाल, रामभगत कामतजस्ता नाट्यकर्मी समेतको सहभागिता रहने सास्कृतिक संस्थान काठमाण्डौँ सञ्चालक समिति अध्यक्ष प्रेमनाथ अधिकारीले बताए ।
जिल्लामा राष्ट्रिय लोक–नाटक महोत्सव आयोजना गरी यसैको माध्यमबाट देशको मौलिकता झल्काउन सरकारी र सामाजिक संघ–संस्था एकजुट भएका छन् । महोत्सवमा १६ लाख ७५ हजार खर्च हुने अनुमान गरिएको छ । खर्च व्यवस्थापनका लागि सम्बन्धित संघ–संस्थाले सहयोगका लागि छपाएका १५ सय टिकट मध्ये दुई दिनमा हजार प्रति टिकट विक्री भईसकेका छन् ।