काठमाडौँ । नेपालले नोवल कोरोना भाइरससँग जुधिरहेको चीनलाई १ लाख मास्क सहयोग गर्ने भएको छ । बिहीबार प्रधानमन्त्री निवासमा प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री(सचिवहरुको सुरक्षा निकायका प्रमुख सहितको बैठकले यस्तो निर्णय गरेको हो ।
नेपालले १ लाख संख्यामा प्रोटेक्टिभ मास्क चीन सरकारलाई सहयोग उपलब्ध गराउने निर्णय गरेको छ,ु प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा लेखेका छन्।
कोरोना भाइरसको संक्रमणबाट जोगाउने मास्कको माग अत्याधिक भएपछि नेपालको बजारमा समेत यसको अभाव भएको छ।


304 पटक हेरिएको 






