
इलाम । इलामका अग्नी पिडितलाई इलाम समाज बेलायतले २० हजार सहयोग गरेको छ । बेलायतले सुर्योदय नगरपालिका – ५ समालबुङ्गका योगेश र बलराम आङ्गबुहाङ्गलाई सहयोग रकम उपलब्ध गराएको हो ।
पालिकाका वडा सदस्य धनमाया लेप्चाको संयोजकत्वमा उनीहरुलाई एक कार्यक्रमको आयोजना गरी सहयोग रकम प्रदान गरेको बेलायतका प्रमुख संयोजक शंकर राईले जानकारी दिएका छन् ।
आङ्गबुहाङ्ग द्धयको घरमा २०७५ पुृस ११ गते आगलागी भएको थियो ।


251 पटक हेरिएको 






