इलाम। रोजगारी लगायत विभिन्न शिलशिलामा दक्षिण कोरियामा रहेका इलामीलीहरुको साझा संस्था, इलामेली समाज दक्षिण कोरियाको सम्पन्न तेस्रो अधिवेसन बाट केदार निरौला अध्यक्षमा चयन भएका छन उनि यस अघि संस्थाको सचिव थिए । राजधानी सौल स्थित तोङ्देमुनमा आयोजित अधिवेसन समाजका अध्यक्ष दर्पण गुरुङको अध्यक्षता तथा पूर्वान्चल समाज दक्षिण कोरियाका अध्यक्ष अमृत राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा गैरआवाशीय नेपाली संघ (NRNA), नेपाल सम्पर्क समिती (NCC), कोरियाका प्रतिनिधी तथा कोरियामा स्थापित विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधी लगायत अधिकांस इलामेलीहरुको विषेश उपस्थिती रहेको थियो ।
अधिवेसनमा एक विशेष कार्यक्रमका विच कोरियामा रहेर समाजका लागी विभिन्न क्षेत्र तथा माध्यमबाट महत्वपूर्ण योगदान दिने इलामेली व्यक्तिहरुलाई सम्मान गरिएको थियो । पत्रकारिताको क्षेत्रबाट समाचार सम्प्रेषण गरेर महत्वपूर्ण सहयोग पुर्याए वापत रेडियो नेपालवाणी का पूर्वकार्यक्रम प्रस्तोता तथा सरलपाटी डटकम अनलाईन पत्रीकाका कोरिया प्रतिनिधी शंकर विस्वासी लिम्बू , इ टिभी खबरका टङ्केश लिम्बू, गीत संगित,साहित्य तथा कलकारिताको क्षेत्रबाट कलाकार तथा सफल चलचित्र ए मेरो हजुर (३ का सहनिर्माता सरोज सुब्बा,कवि तथा गीतकार खोम गुरुङ,गंगा बस्नेत,टिका थेगिम कमल राई,हरि खनाल,लिला खतिवडा,अप्सन लिम्बू,खेलकुदको क्षेत्रबाट इलाम एफ सि का खेलाडिहरु विशाल जबेगु,मोहन लिम्बू,मुकेस राई,सुनिल चाम्लिङ,विशाल लिम्बू,सागर चौधरी,सोनिम याम्फू,विष्णु राई,नवल राई,सुरज बुढाथोकी,विजु माबो,दिपक लिम्बू,राज थापा,सन्तोष शेर्मा लगायत विभिन्न व्यक्तिहरुलाई विषेश सम्मान गरिएको थियो ।
समाजको सम्पन्न तेस्रो अधिवेशनबाट अध्यक्षमा केदार निरौला,बरिष्ठ उपाध्यक्षमा पवित्रा थेबे,उपाध्यक्षहरुमा महेस थापा,भवानी घिमिरे,लिला खतिवडा,महासचिवमा बालकुमार राई,सचिवमा उपेन्द्रा निरौला,कोषाध्यक्षमा सुदिप फागो,सह(कोषाधक्षमा रमा कार्की,सदस्यहरुमा क्रमशः राजकुमार गुरुङ,चन्द्रकान्त दुलाल,सुजन राई,अर्जुन श्रेष्ठ,भिम विराज शंकर र विशाल जबेगु निर्विरोध चयन भएका छन ।
सामाजिक उद्देश्यले स्थापित संस्थाले कोरियामा रहेका नेपालीहरु लगायत नेपालमा विभिन्न कारणले पिडित भएका व्यक्ती तथा आश्रमहरुमा विभिन्न अभियान संचालन गरेर आर्थिक सहयोग गर्दै आइ रहेको छ । पछिल्लो समय नेपालस्थित वैज्ञानिक महावीर पून द्वारा निर्माण हुन लागेको आविष्कार केन्द्रको लागी आर्थिक सहयोग संकलनको अभियान समेत जारी रहेको छ ।