रुकुमको आदिवासी जनजाति संग्रहालय बेवारिसे

सरोकारवालाको ध्यान नपुग्दा संग्रहालयको लगानी, बालुवाको पानी

  सरलपाटी सम्वाददाता

 394 पटक हेरिएको

रुकुम । रुकुम पूर्वमा रहेको एक मात्र आदिवासी जनजाति संग्रहालय बेवारिसे अवस्थामा रहेको छ । जिल्लाको भुमे गाउँपालिका २ काँक्रीमा रहेको संग्रहालय अहिले हेरचाह साथै सामग्री अभावमा धर्मशाला जस्तो भएको छ ।

सरोकारवालाको ध्यान नपुग्दा मानव तथा चौपायाको मलमुत्रले दुर्गन्धित भएको छ । २०६८ सालमा आदिवासी जनजाति महासंघ जिल्ला शाखा रुकुमद्वारा जिल्ला विकास समिति अन्तर्गत् आदिवासी जनजाति लक्षित बजेट र काँक्री गाविसको करिब २५ लाख बजेटमा संग्रहालय निर्माण गरिएको थियो ।

पर्यटन प्रबर्द्धन गर्न र आदिवासीहरुको पहिचान झल्काउन संग्रहालय स्थापना गरिएको तत्कालीन महासंघ जिल्ला शाखा अध्यक्ष पहलसिंह घर्तीमगरले बताए । राजनीतिक खिचातानीले आदिवासी जनजाति संग्रहालयको रेखदेख हुन नसकेको स्थानीयको गुनासो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार