इलाम । नेपाली बजारमा सुनको मूल्य अहिले सम्मकै उच्च भएको छ आइतबार प्रतितोला ७५ हजार ५ सयमा कारोवार भएको छापावाल सुन हिजो पाँच सय रुपैयाँले बढेर प्रतितोला ७६ हजारमा किनबेच भयो । नेपाली बजारमा यो अहिले सम्मकै उच्च मुल्य हो । सुन चादी ब्यवसायी महासंघका अनुशार सुनको मूल्य लगातार उकालो लागेसँगै स्थानीय बजारमा सुनको सुनको व्यापार ७५ प्रतिशतले घटेको छ ।
दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घका अध्यक्ष मोहनकुमार विश्वकर्माले जानकारी दिनुभयो । अहिले सुन खरिद गर्ने भन्दा गहना बिक्री गर्ने बढेका छन् । सुनको भाउ घटेको समयमा गहना बनाएका सर्वसाधारणले मूल्य बढेको भन्दै गहना बिक्री गर्न थालेका हुन् ।।