इलाम अस्पतालमा अब निःशुल्क रगत पाइने

अब सेवाग्राहीले रगतको अभावमा छट्पटिदै रेफर हुनु नपर्ने

  सरलपाटी सम्वाददाता

 298 पटक हेरिएको

इलाम । इलामको इलाम नगरपालिकास्थित इलाम अस्पतालमा अब निःशुल्क रगत पाइने भएको छ । अस्पतालमा भर्ना भएका बिरामीलाई रगतको आवश्यकता परे रक्त संकलन तथा सेवा युनिट (ब्लड बैंक) मार्फत आइतबारदेखि बिरामीलाई निःशुल्क रगतको व्यवस्था गरिएको हो ।

रक्त संकलन तथा सेवा युनिट (ब्लड बैंक) नेपाल रेडक्रम सोसाइटी इलाम शाखाले स्थापना गरेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार, यस अघि अस्पतालमा भर्ना भएका बिरामीले एक पिन्ट रगतको ७ सय रुपैयाँ तिर्दै आएका थिए । रेडक्रसले ब्लड ब्याग, आईभीसेट, रक्त परीक्षण लगायतमा लाग्ने खर्च वापतको ७ सय रुपैयाँ लिदैं आएको थियो ।

नेपाल रेडक्रस सोसाइटीका उपसभापति तथा रक्तसंचार सेवा संयोजक समेत रहेका रतनकुमार चौधरीले, निःशुल्क रगत वितरणका लागि रेडक्रसलाई वार्षिक १ लाख ५० हजार रुपैँया सहयोग गर्ने भएको रेडक्रसले जानकारी दिएको छ। चौधरीले आगामी २०८० असार मसान्तसम्मका लागि रेडक्रसलाई वार्षिक १ लाख ५० हजार रुपैयाँका दरले नगद उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौता अनुसार चौधरीले रेडक्रस सोसाइटीलाई अबको ४ वर्षसम्म हरेक वर्ष डेढ लाखका दरले रकम उपलब्ध गराउने बताइएको छ । यसै रकमबाट रेडक्रसले खर्च व्यवस्थापन गरी बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउनेछ ।

गरिब बिरामीसँग एक प्रिन्ट रगत किन्ने रकम समेत नभएको देखेकाले त्यस्ता बिरामीका लागि निःशुल्क रगत दिनका लागि रेडक्रसलाई मैले रकम उपलब्ध गराएको हुँ समाजसेवी चौधरीले भने । इलाम अस्पतालमा वार्षिक सरदरमा २ सय पिन्ट रगत आवश्यक पर्ने अस्पतालले जनाएको छ ।

इलाम अस्पतालमा स्थापना गरिएको रक्त संकलन तथा सेवा युनिट (ब्लड बैंक) को आइतबार औपचारिक उद्घाटन गरिएको छ । नेपाल रेडक्रड सोसाइटी इलामले स्थापना गरेको ब्लड बैंकको उद्घाटन जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालले गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार