तीन दिने आखाँ शिविरमा पाँच सय भन्दा बढीले लिए सेवा

समस्या र रकम अभावमा बेरिएकालाई राहत

  सरलपाटी सम्वाददाता

 250 पटक हेरिएको

इलाम । इलामको सुर्योदय नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा सञ्चालन गरिएको आखाँ शिविरमा पाँच सय भन्दा बढी सेवाग्राहीले सेवा लिएका छन् ।

केन्द्रमा तीन दिनसम्म सञ्चालन गरिएको शिविरमा पाँच सय ८३ जना सेवाग्राहीले सेवा लिएका हुन् । जसमा चार सय ९८ जनाले निःशुल्क सेवा लिएका छन् भने बाँकी ८५ जनाले मोतियाविन्दुको शल्यक्रिया गरेको नगरपालिकाले जनाएको छ ।

समुदाय प्रहरी जिल्ला समिति इलाम, आँखा अस्पताल विराटनगर, नेपाल नेत्रज्योति संघ र सुर्योदय नगरपालिकाको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको थियो । शिविर गएको पौष २ गतेबाट सञ्चालन गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार