
इलाम । रेडपाण्डाको नियमीत अनुगमनका खटिएका रेडपाण्डा नेटवर्कको फरेष्ट गार्जेनलाई भारतीय पक्षले नियन्त्रणमा लिएर रिहा गरेको छ । भारतको सिहलिला नेशनलपार्कको ‘वाइल्ड लाईफ’को टोली माईजोगमाई गाउँपालिका प्याङका अर्जुन राईलाई हिजो भारतीय क्षेत्रमा पर्ने गैरीबासबाट नियन्त्रण लिएको थियो । जिपिएस, ट्यापिङ्ग क्यामेरा सहित पक्राउ परेका उनलाई वन कार्यालय, इलाका प्रहरी कार्यालय पशुपतिनगर, रेडपाण्डा नेटवर्क र उच्च पहाडी संस्थाको पहलमा रिहा गरेको आज रिहा गरेको हो । उनीसंग रहेको जिपिएस र ट्रयापिङ्ग क्यामेराको कागजात साथमा नरहेकाले संकाको भरमा भारतीय पक्षले पक्राउ गरेको र रेडपाण्डाको अनुगमनमा प्रयोग भइरहेको सामानको कागजातसहित पहल भएपछि भारतीय पक्षले रिहा गरेको रेडपाण्डा नेटवर्कको दावा योल्मोले बताए । रेडपाण्डा नेटवकर्ल सामुदायिक वनमा रेडपाण्डको नियमीत अनुगमन र संरक्षणको लागि स्थानीयलाई फरेष्ट गार्जेनको रुपमा खटाएको छ ।


890 पटक हेरिएको 






