सिन्धुपाल्चोक। कालिञ्चोक मन्दिर दर्शन गरेर भक्तपुर फर्कदै गरेको बस आईतवार ९आज० विहान सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका वडा नम्बर ७ को ६ किलो भन्ने ठाँउमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।
मृतक १४ जना मध्य दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ६ को जुनु तमाङकोमात्र सनाखत भएको प्रहरीले जनाएको छ । मृतक आठ महिला, तीन पुरुष, एक बालिका र दुई बालक मध्य अधिकांश सिन्धुपाल्चोक जुगल गाँउपालिकाको रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते हुनेहरु सिन्धुपाल्चोक जुगल गाँउपालिका वडा नम्बर ७ को ३६ बर्षिय गंगामाया तमाङ, उनको दुई बर्षको छोरी आयुषा तमाङ, २२ बर्षको धनकाजी तमाङ, २४ बर्षको रञ्जीता तमाङ, २६ बर्षको हरिमाया तमाङ, ३७ बर्षको दोर्जे तमाङ, १६ बर्षको सागर तमाङ, ३० बर्षको दिपक तमाङ, २४ बर्षको नैना तमाङ, दोलखा शैलुङ् गाँउपालिका वडा नम्बर २ को सहचालक गिपलव तमाङ, भक्तपुरको सागर केसी र ठाँउ र नाम नखुलेको ५र६ महिनाको एक बालिका रहेको छ ।
घाईते मध्य सहचालक गिपलव तमाङ, सागर केसी, दोर्जे तमाङ र सागर तमाङलाई उपचारको लागि काठमाडौँ पठाईएको, चार जनाको धुलिखेल अस्पतालमा उपचार भै रहेको र बाँकी घाईतेको सिन्धुपाल्चोक खाडीचौरको सदावहार अस्पतालमा उपचार भै रहेको प्रहरीले जनाएको छ ।
चालक सिन्धुपाल्चोकका सुमन तमाङ सम्पर्कमा नआएको र उनको खोजी भै रहेको छ ।

321 पटक हेरिएको 