इलाम । शहरको बसोबास र कम शारीरिक अभ्यासका कारण अधिकांश नेपालीको पेट लागेमा त्यसका लागि तपाईंले २० मिनेटको दैनिक समय छुट्याउनुभयो र खानपान थोरैमात्र व्यवस्थापन गर्नुभयो भने पनि पुग्नेछ। पेट जति सजिलै लाग्छ घट्न त्यतिनै मुस्किल हुन्छ।
त्यसैले तपाईंलाई सजिलै गरी पेट घटाउनका लागि गर्नुपर्ने ८ अभ्यासबारे जानकारी दिँदैछौ। जुन अभ्यास तपाईले दैनिक एक महिनासम्म लगातार गर्नु भयो भने नतिजा आफैं थाहा पाउनु हुनेछ। यस्ता छन् मोटो पेट घटाउने शारीरिक अभ्यास।
लेग लिफ्टः
लेग लिफ्ट १५रेप्स ३ सेट्सः यो व्यायाम गर्दा भुइँमा उत्तानो पल्टने र दुवै हात भुइँमा सीधासँग राख्ने। दुवै खुट्टा सीधा बनाएर भुइँदेखि कम्मरको सीधा उचाल्नुपर्छ।
अल्टरनेटिङ लेग लिफ्टः
अल्टरनेटिङ लेग लिफ्ट १५ रेप्स ३ सेट्सः यस स्टेपमा दुवै खुट्टा सीधा बनाउने र पालैपालो तल–माथि पार्ने।
बाइसाइकलः
बाइसाइकल १५ रेप्स ३ सेट्स यो व्यायाम लेग लिफ्टकै पोजिसनमा सुतेर साइकल चलाएको तरिकाले खुट्टा चाल्नुपर्छ।
सिजर्सः
सिजर्स १५ रेप्स ३ सेट्सः यो स्टेप गर्दा दुवै खुट्टा कैँची स्टाइलमा चलाउने।
रक क्लाइम्बरः
रक क्लाइम्बर १५ रेप्स ३ सेट्सः यो व्यायाम गर्दा पोजिसन चेन्ज गर्नुपर्छ। शरीरलाई घोप्टो बनाएर दुवै हातले जमिनमा टेक्ने र खुट्टा चलाउने अर्थात् हिँडेजस्तो गर्नुपर्छ।
पेल्भिक लिफ्टः
पेल्भिक लिफ्ट १५ रेप्स ३ सेट्सः यो व्यायाम उत्तानो पोजिसनमा दुवै खुट्टा र कुहिनाले जमिनमा टेक्ने र कम्मरलाई माथितिर उठाउने र जमिनतिर अर्थात् तल–माथि गर्ने।
लेग होल्डः
लेग होल्ड १५ रेप्स ३ सेट्सः यो व्यायाममा उत्तानो पोजिसनमा खुट्टालाई जमिनभन्दा माथि उठाएर होल्ड गर्नुपर्छ।
एल्बो टु नी क्रन्चेचः
एल्बो टु नी क्रन्चेच १५ रेप्स ३ सेट्सः यो व्यायाम गर्दा उत्तानो ढल्कने र घुँडा खुम्चाउने। एउटा खुट्टा अर्को घुँडामाथि राख्ने र दुवै हात टाउकोपछाडि राखेर टाउको उठाउने अनि कुहिनाले घुँडा छुने। यसरी दुवैपट्टि पालैपालो गर्ने।
यी माथि उल्लिखित व्यायाम नियमित रूपमा गर्नुभयो भने पेट घट्नुका साथै ‘टाइट’ हुन्छ, नियमित व्यायाम गर्न थालेको १५ दिनदेखि शरीरमा आएको फरकपन थाहा पाउनुहुन्छ, यसले तपाईंलाई रिफ्रेस पनि बनाइराख्छ।