अन्तुको होमस्टेमा आगलागी हुुँदै

  सरलपाटी सम्वाददाता

 888 पटक हेरिएको


इलाम ।
इलामको सूर्योदय नगरपालिका–५ श्री अन्तुमा सञ्चालित होमस्टेमा आगलागी भइरहेको छ । मानबिर तामाङले सञ्चालन गरेको होमस्टेमा आगलागी भइरहेको स्थानीय रुद्र घिमिरेले जानकारी दिए । आगो नियन्त्रणको लागि स्थानीय प्रयासरत छन् । सूर्योदय नगरपालिकाको दमकल समेत नजिकै (गणेश हिमाल चिया उद्योगमा) आइसकेको उनले जानकारी दिए । स्थानीयले घरभित्रको सामान निकाल्दैछन् । काठबाट निर्मित घर भएकाले आगो नियन्त्रणमा समस्या भइरहेको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार