प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना

  सरलपाटी स‌वाददाता

 1426 पटक हेरिएको

इलाम।स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणको लागि मंगलबार बिहान महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियो भास्कुलर सेन्टर पुगेका हुन्। मङ्गलबार बिहान अस्पताल पुगेका ओलीलाई चिकित्सकहरुले भर्ना हुन सुझाव दिएपछि भर्ना गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।

यसअघि प्रधानमन्त्री ओली ८ मंसीरमा स्वास्थ्य परीक्षणका लागि धापासीस्थित ग्राण्डि अस्पताल गएका थिए। पछिल्लो समय प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमा मिर्गौलाको डायलासिस गरिँदै आएको छ। हालसम्म उनको चारपटक डायलासिस भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार